Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिक नवीकरण शुल्क नबुझाउने कम्पनीको सूचीकरण स्थगन गर्ने नेप्सेको चेतावनी

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १७ : ०७ मा प्रकाशित

वार्षिक नवीकरण शुल्क नबुझाउने कम्पनीको सूचीकरण स्थगन गर्ने नेप्सेको चेतावनी

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क नबुझाए सूचीकरण स्थगित गर्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै असोज मसान्तभित्र नविरण शुल्क बुझाउन निर्देशन जारी गरेको हो । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था अनुसार तोकिएको म्यादभित्र शुल्क बुझाउनुपर्ने उल्लेख गर्दै नेप्सेले अझै शुल्क नबुझाएका कम्पनीहरुलाई समयमै शुल्क बुझाउन आग्रह गरेको हो । नेप्सेका अनुसार धितोपत्रको वार्षिक नवीकरण शुल्क चुक्ता पुँजी ५० करोडसम्म भएका कम्पनीले ५० हजार बुझाउनुपर्नेछ भने ५० करोडभन्दा माथिको चुक्ता पुँजी भएका कम्पनीले १ लाख बुझाउनुपर्नेछ ।

त्यस्तै डिबेन्चर तथा म्युचुअल फण्डको हकमा चुक्ता पुँजी ५० करोडसम्म भएका कम्पनीले २५ हजार बुझाउनुपर्नेछ भने ५० करोडभन्दा माथिको चुक्ता पुँजी भएका कम्पनीले ५० हजार बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
 

68d28349f159d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको