Like us!
Follow us!
Connect us!
Watch us!

नकारात्मक सोचका कारणले बजार घटेको थियो, अब गति लिन्छ - छोटेलाल रौनियार

अर्थ संसार

मंगलबार, ०७ असोज २०८२, १८ : ०० मा प्रकाशित

नकारात्मक सोचका कारणले बजार घटेको थियो, अब गति लिन्छ - छोटेलाल रौनियार

नेपाल इन्भेष्टर फोरममा पूर्व अध्यक्ष छोटेलाल रौनियारले सेयर बजारले अब गति लिने बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा रौनियारले नकारात्मक सोचका कारणले गर्दा बजार घटेको भन्दै अब बजारले गति लिने उनले बताएका हुन् । 

आन्दोलनका कारणले डराएकाले बजार आन्दोलन पछि खुलेको पहिलो दिन बजार घटेको भए पनि अहिले बजार विस्तारै बढ्ने क्रममा रहेको र अब गति लिने रौनियारको भनाइ छ । ‘हाम्रोमा नकारात्मकता धेरै छ । जसले गर्दा राम्रो भन्दा पनि नकारात्मक नै सोच्ने गरिन्छ । तर हामीहरुले बजारको विषयमा बुझेर नै बोलेका हौँ,’ उनले भने । कुनै व्यक्तिले सामाजिक सञ्जालमा मात्रै पनि नकारात्मक कुरा गरेको भरमा लगानीकर्ताहरुले सेयर बिक्री गर्ने गरेको भन्दै सेयर बजारमा धर्यता भएकाले नै कमाउने उनको भनाइ छ । अहिले बजारका लागि आवश्यक सबै सूचकहरु पनि सकारात्मक रहेको र नियामक निकाय पनि बजारप्रति सकारात्मक रहेकाले बजार बढेको उनको भनाइ छ । बजार बढ्नै पर्ने समया यस्तो घटना भएको र हल्लाका भरमा जेनजी आन्दोलन पछिको कारोबारमा ६ प्रतिशतले घटेको उनले बताए । जेनजी आन्दोलन पछि खुलेको बजारमा जुन रुपमा नकारात्मक सर्किट लागेको थियो त्यसको भरपाइ दुई दिन बढेको बजारले गरेको रौनियार बताउँछन् । 

अहिले सेयर बजारको लागि सुधारका कामहरु पनि भइरहेकाले धर्यता गर्नु पर्ने उनको भनाइ छ । ‘सेयर बजारमा काउने भनेको नै धर्यता गर्नेहरुले हो । हावाका भरमा लगानी गर्ने र हल्लाका पछि लाग्नेहरुले गुमाउँछन,’ उनले भने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको