Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र युनिभर्सल पावरको सेयर मूल्य समायोजन

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, ०७ : १५ मा प्रकाशित

कामना सेवा विकास बैंक र युनिभर्सल पावरको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कामना सेवाको १० प्रतिशत र यूनिभर्सल पावरको ९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।

समायोजनपश्चात कायम सेवा विकास बैंकको सेयरमूल्य ४७७ रुपैयाँ ७३ पैसा कायम भएको छ भने यूनिभर्सल पावरको ३८० रुपैयाँ २८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कामनाको सेयर प्रतिकित्ता ५२५ रुपैयाँ ५० पैसा र यूनिभर्सलको ४१४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको