इष्टर्न हाइड्रोपावर लिमिटेडको लकइन अवधिमा रहेको सेयरको लकइन अवधि कात्तिकमा सकिने भएको छ । कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लकइन अवधि आउँदो कात्तिकमा सकिने भएको हो ।
आउँदो कात्तिक १६ गते कम्पनीका संस्थापकहरूको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावितहरूको ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरूको ११ हजार ६०५ कित्ता सेयरको लकइन सकिने भएको हो । कम्पनीले २०७९ कात्तिक १७ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो । उक्त मितिले ३ वर्षसम्म यी सेयरहरू लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम हालसम्म लकइनमा रहेका छन् ।
यद्यपि कम्पनीका सञ्चालक समितिका सदस्यहरू र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूको हकमा भने नियम अनुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस