Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन १७ अर्बले बढ्यो बैंकिङ निक्षेप,कर्जा लगानीको अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, ११ : ०१ मा प्रकाशित

एकैदिन १७ अर्बले बढ्यो बैंकिङ निक्षेप,कर्जा लगानीको अवस्था कस्तो ?

पछिल्लो समयमा बैंकिङ प्रणालीको निक्षेपमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, भदौ ३० गते सोमबारसम्म कुल निक्षेप ७३ खर्ब ६ अर्ब रुपैयाँ थियो भने भदौ ३१ गते मंगलबारसम्म यो रकम १७ अर्बले बढेर ७३ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।

उक्त अवधिमा वाणिज्य बैंकहरूमा मात्रै निक्षेप ६५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकिङ प्रणालीको कर्जा प्रवाह सोमबारसम्म ५६ खर्ब २५ अर्ब रुपैयाँ थियो, जुन मंगलबार २ अर्बले बढेर ५६ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरूले मात्रै ५० खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

समीक्षा अवधिमा बैंकहरूको औसत सीडी रेसियो घटेर ७५.८९ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको