Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १३ : ३५ मा प्रकाशित

बैंकहरुको मुद्दति निक्षेपमा करिब पौने ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरूको मुद्दति निक्षेपमा करिब २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ लगानी गर्न लागेको छ। यो रकम केन्द्रीय बैंकका विभिन्न कोषहरूमा रहेको हो। लगानीका लागि राष्ट्र बैंकले असोज १० गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेश गर्न बैंकहरूलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४० करोड ७७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ अक्टोबर १४ देखि २०२६ अक्टोबर १४ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको