Like us!
Follow us!
Connect us!
Watch us!

दुई दिनको वृद्धि पछि सेयर बजारमा पहिरो, कारोबार रकम पनि ४ अर्बमा सिमित

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १५ : ०४ मा प्रकाशित

दुई दिनको वृद्धि पछि सेयर बजारमा पहिरो, कारोबार रकम पनि ४ अर्बमा सिमित

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई कारोबार दिन उच्च अंकले बढेको बजार आज भने गिरावट आएको हो । 

आज सेयर बजार परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.०३ प्रतिशत कम हो । आज सेयर बजारमा १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.९७ अंकले घटेर ४५९.३८ विन्दुमा पुगेको हो । आज सेयर बजारका १३ उपसूचक मध्ये ११ वटाको सेयर मूल्यमा गिरावट आएको छ भने २ वटाको मात्रै बढेको छ । 

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब २९ करोड माथिको कारोबार भएको बजारमा आज ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीका ९४ लाख ८ हजार ६६३ कित्ता सेयर ४७ हजार ८५२ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको