Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, ०७ : ५५ मा प्रकाशित

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।
सो बोनस सेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।

सो सभाले बोनस सेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको