Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, ०८ : ३७ मा प्रकाशित

जोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद सेयर असोज ७ गते बाँडफाँड गरेको हो ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले असार ७ गतेसम्म कायम सेयरधनीहरूका लागि १ बराबर ०.६५ कित्ताका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । बाँडफाँडपछि कम्पनीको १ लाख ८९ हजार ९२७ कित्ता सेयर बाँकी रहेको छ जुन प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रियामार्फत् बिक्रीमा आउने भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको