नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले ८८ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ ।
उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस