Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् बोनस र नगद ?

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १० : २७ मा प्रकाशित

गुराँस लघुवित्तको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन् बोनस र नगद ?

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने बोनस घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो ।

साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने पनि निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरूले पाउनेछन् ।
 

68d4c8efeb3a1.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको