Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूब आयलको मूल्य समायोजन

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, ०८ : २६ मा प्रकाशित

नेपाल ल्यूब आयलको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १२ गतेदेखि बुकक्लोज गर्दैछ ।

यस अनुसार असोज ९ गते, बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो । सो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य २४४ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता २९३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको