Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, ०८ : ४८ मा प्रकाशित

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले स्थानीयका लागि छुट्याएको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म बिक्री खुला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको आईपीओ बाँडफाँड गरेको हो । 

कम्पनीले प्रतकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ६३ हजार १२५ कित्ता आईपीओ आयोजना प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि बिक्री खुला गरेको थियो । बिक्री अवधिभर रीतपूवर्क आवेदन दिएका आवेदकमध्येबाट असोज ९ गते ३ हजार ७७७ जनालाई सम्पूर्ण आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको