पियोर इनर्जी लिमिटेडको सामूहिक लगानी कोषलाई छुट्याइएको सेयरको लकइन समय कात्तिकमा सकिने भएको छ । कम्पनीले सामूहीक लगानीकोषका लागि छुट्याएको ७२ हजार कित्ता सेयरको लकइन अवधि कात्तिकमा सकिने भएको हो ।
कम्पनीले आईपीओ जारी गर्दा ७२ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । यस्तो सेयरको लकइन अवधि सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले ६ महीनापछि समाप्त हुने व्यवस्था छ ।
सोही व्यवस्था अनुरूप उक्त सेयरको लकइन अवधि आउँदो कात्तिक ११ गते सकिने भएको छ । यता आयोजना प्रभावित, संस्थापक र कम्पनीमा कार्यरत कर्मचारीको सेयर भने ३ वर्षसम्म लकइनमा रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस