साताको कारोबार हुने अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँ र चाँदी तोलाको ५५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ७४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ६८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस