दशैँ अघिको अन्तिम कारोबारदिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । आज सेयर बजार परिसूचक ११.५१ अंकले बढेर कारोबार बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६६३.५१ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले बढेर ४६२.५० विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको घटेको छ । आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ कम्पनीको घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य आज स्थि रहेको छ । परिसूचक बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा आज २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ३१४ कम्पनीका ७५ लाख ११ हजार १९३ कित्ता सेयर ३९ हजार ८५९ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस