समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आम सर्वसाधारणले किन्न पाउने गरि संस्थाप सेयर बिक्रीमा राखेको छ । लघुवित्तको ४० हजार ३३२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले यसअघि सोही सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुलाएको थियो । तर तोकिएको अवधिसम्म बिक्री नभएपछि बाँकी सेयर सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो ।
सो सेयर किन्न इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले अबको ७ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस