दशैँ पछिको बिदा पछि भोलि (मंगलबार) देखि सेयर बजार खुल्दै छ । आइतबार देखि कारोबार हुनु पर्ने भए पनि निरन्तरको बर्षाका काराणले सरकारले दुई दिन सार्वजनिक बिदा दिए पछि बजार आइतबार र सोमबार बन्द नै रहयो ।
दशैँ पछि खुल्ने बजारले द्रुत गतिमा अघि बढ्ने भन्दा पनि सामान्य रुपमा कारोबार हुने इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटोलला रौनियारले बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा उनले केही दिन बजार सामान्य नै अघि बढ्ने बताए । ‘दशैँ पछिको खुल्ने बजारमा ठूलो कारोबार हुने अवस्था देखिदैन । नेप्सेमा पनि केही अंकको वृद्धि वा गिरावट हुन सक्छ,’ उनले भने ।
सेयर बजारका लागि सबै सूचक सकारात्मक नै रहेकाले बजारले केही दिन पछि भने गति लिने उनको विश्वास छ । सबै सूचक सकारात्मक रहेको र अर्थमन्त्री पनि बजार मैत्री रहेको र सबै निकायको नेतृत्व पनि बजारप्रति सकारात्मक भएकाले बजारले गति लिने रौनियारको भनाइ छ । अहिले दशैँ सके पनि सबै व्यक्तिहरु कार्यक्षत्रमा आइनसकेको अवस्थामा पनि बजारले गति लिन समय लाग्ने उनको भनाइ छ । ‘बर्षाका कारण बाटाहरु खुले पनि अहिले सबै कार्यक्षतमा आइ सकेका छैनन् । यसले गर्दा पनि बजारले गति लिनका लागि केही दिन लाग्छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस