Like us!
Follow us!
Connect us!
Watch us!

बाढी पहिरोले सेयर बजारमा जेनजी आन्दोलन जस्तो असर गर्दैन - तारा फुल्लेल

अर्थ संसार

सोमबार, २० असोज २०८२, १५ : ५९ मा प्रकाशित

बाढी पहिरोले सेयर बजारमा जेनजी आन्दोलन जस्तो असर गर्दैन - तारा फुल्लेल

सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेलले बाढी पहिरोका कारणले सेयर बजारमा ठूलो असर नपर्ने बताएका छन् ।अर्थसंसारसँगको कुराकानीका क्रममा उनले जेनजी आन्दोलनको जस्तो नकारात्मक असर बाढी पहिरोका कारणले बजार नपर्ने बताएका हुन् । 

दशैँ पछि खुल्ने बजार राम्रो हुने बताएका उनले सबै पक्ष राम्रा भएकाले बजारले गति लिने विश्वास व्यक्त गरे । उनले असोज मसान्तको केही दबाब भए पनि समग्रमा बजारका लागि अहिले सबै कुरा सकारात्मक रहेको बताएका हुन् । ‘दशैँ पछि बजार राम्रो हुन्छ । बाढी पहिरोले जनेजी अन्दोलनको जस्तो ठूलो असर सेयर बजारमा गर्दैन्,’ उनले भने । 

बाढी पहिरोले केही हाइड्रोपावरमा असर गरेको भए पनि त्यसले समग्र बजारलाई ठूलो असर नगर्ने उनको भनाइ छ । अहिले सेयर बजारमा निर्विकल्प लगानी गर्नु पर्ने अवस्था देखिएको उनको भनाइ छ । बाढी पहिरो तथा जेनजी आन्दोलनका कारणले गर्दा अन्य क्षेत्रमा तत्काल लगानीको सम्भावना केही कम रहेको उनले बताए ।  

बजारका लागि आवश्यक पर्ने सबै सूचक सकारात्मक रहेकाले बजारले गति लिने उनको भनाइ छ । अहिले बैंकको ब्याजदर कम छ । त्यस्तै बजारमा अधिक तरलताको अवस्था रहेको छ । अर्थमन्त्री पनि बजार मैत्री रहेका छन् । यी सबै कारणले बजारले गति लिने उनको फुल्लेलको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको