प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने भएको छ।
बैठकमा हालैको बाढी र पहिरोबाट भएका मानवीय तथा भौतिक क्षतिको समीक्षा गरिनेछ । साथै, राहत वितरण र पुनर्निर्माणसम्बन्धी विषयमा छलफल हुनेछ।
बैठकका लागि नौवटा एजेन्डा तय गरिएको छ, जसमा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक तथा सेवा सुचारु गर्ने, अस्थायी आवास निर्माण गर्ने तथा महामारीजन्य रोग नियन्त्रणका गर्ने विषय प्रमुख छन्। बैठकमा बाढीपहिरोका कारण ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारलाई कानुनअनुसार राहत उपलब्ध गराउने विषयमा पनि छलफल गरिनेछ।असोज १६ र १९ गतेको लगातार वर्षाले ल्याएको बाढीपहिरोले देशभर कम्तीमा ६० जनाको ज्यान लिएको छ। सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको छ। सडक, पुल, जलविद्युत् आयोजना लगायतका पूर्वाधारमा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको छ।
बैठकमा अर्थ, गृह, ऊर्जा, उद्योग, शिक्षा, कृषि र सञ्चारमन्त्रीहरू, सातवटै प्रदेशका मुख्यमन्त्रीहरू, पूर्वमन्त्री डा. गंगालाल तुलाधर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति तथा गृहमन्त्रालयका सचिवको सहभागिता रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस