Like us!
Follow us!
Connect us!
Watch us!

थामियो सेयर बजारको पहिरो, बजार १० अंकले बृद्धि, कुनकुन कम्पनीले कमाए ?

मंगलबार, २१ मंसिर २०७३, १५ : २४ मा प्रकाशित

थामियो सेयर बजारको पहिरो, बजार १० अंकले बृद्धि, कुनकुन कम्पनीले कमाए ?

अर्थ संसार

काठमाडौं–सेयर बजारको लगातारको पहिरो थामिएको छ । बजार मंगलबार करिव १० अंकले बढेको छ । बजार बढ्न केही हदसम्म धितोपत्र बोर्डको सोमबार साँझको विज्ञप्तिले सघाएको अनुमान छ । बोर्डले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले अआत्तिइ लगानी गर्न लगानीकर्तालाई आह्वान गरेको थियो । 

नेप्से परिसूचक सोमबार ९.९१ अंकले बढेर १५५४.५१ मा बन्द भएको छ । यस दिन जलविद्युत बाहेक सबै समुह हरिया भएका छन्  । जलविद्युत समुह भने ६.०५ अंकले घटेको छ । अघिल्लो दिन सबैभन्दा बढी घटेको वीमा समुह यही अनुपातमा बढेको छ । बीमा समुह १७७.९८, होटल ५२.५२, बैंकिङ ६.०१, वित्त ५.४२, विकास बैंक २.२९, उत्पादन २.३३ र अन्य ०.५७ अंकले सकारात्मक भएका छन् । 

यस दिन कारोबार रकम केही बढेर ७७ करोड १८ लाख रुपैयाँ पुगेको छ । यस दिन १३६ कम्पनीको ५००७ वटा कारोबारबाट ९ लाख ४० हजार ४ सय २१ कित्ता सेयर किनबेच भएको छ । 

आज पनि सबैभन्दा धेरै रकमको कारोबार सिद्धार्थ बैंककै भएको छ । यस बैंक एक्लैको ८ करोड ७४ लाख रुपैयाँको कारोबार भएको हो । यस्तै शिखर इन्स्योरेन्स कम्पनी, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर कारोबार पनि ५ करोड नाघेको छ । 

लगातारजस्तो अरुण फाइनान्सका लगानीकर्ताले आज पनि सर्किट ब्रेकर लाग्ने गरी १० प्रतिशतले कमाएका छन् । त्यसपछि मेरो माइक्रो फाइनान्स, सिर्जना फाइनान्स, रिलायबल फाइनान्सलगायतका लगानीकर्ताले पनि ५ प्रतिशतभन्दा बढीले कमाएका छन् । बढेको बजारमा गुमाउनेमा कर्णाली विकास बैंक, युनाइटेड फाइनान्सलगायतले ८ प्रतिशतभन्दा बढीले गुमाएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको