कतार एयरवेजमाथि एक अमेरिकी परिवारले मुद्दा दायर गरेको छ, आरोप अनुसार विमानमा शाकाहारी खाना नपाएपछि ८५ वर्षीय डा. असोका जयवेयरा नामका यात्रुको उडानमै मृत्यु भएको हो।
दक्षिण क्यालिफोर्नियाका हृदय रोग विशेषज्ञ रहेकाहरू जयवेयराले २०२३ जुलाईमा लस एञ्जलसबाट कोलम्बोतर्फको यात्राका क्रममा शाकाहारी भोजनको अर्डर गरेका थिए, तर विमानमा गैर–शाकाहारी दियो। चालक दलले पनि उक्त गैर शाकाहारी खान सल्लाह दिएको बताइएको छ।
उनले सोही क्रममा खाना खाँदै गर्दा निसास्दै खानाअड्किएर बेहोस भए र होसमा नफर्की निधन भए। विमान दलले तत्कालै मेडिकल सहयोगका लागि MedAire सेवा लिएको भए पनि विमानलाई आपतकालीन अवतरण नगरिएको भनिएको छ।
परिवारका अनुसार विमान ‘आर्कटिक सर्कल’ माथि नभई अमेरिकी मध्य–पश्चिम क्षेत्रमा हुँदा पनि आपतकालीन अवतरण गरेन। अवतरण सम्भव हुँदाहुँदै पनि लापरबाही गरिएको हो। विमान अन्ततः स्कटल्याण्डको एडिनबर्गमा अवतरण भएको थियो, जहाँ उनलाई अस्पताल पुर्याइएपछि मृत घोषित गरिएको थियो।
क्यालिफोर्नियाको संघीय अदालतमा दायर मुद्दामा कतार एयरवेजमाथि लापरबाहीका कारण मृत्युको आरोप लगाइएको छ। परिवारका कानुनी प्रतिनिधिहरूले एयरलाइन्सले यात्रुको पूर्व–अर्डर गरिएको शाकाहारी माग बेवास्ता गरेको र स्वास्थ्य आपतकालीन अवस्थामा समयमै कदम नचालेको दाबी गरेका छन्।
अदालतमा दर्ता विवरण अनुसार मृत्युको कारण Aspiration Pneumonia (खाना वा तरल पदार्थ सासमार्फत फोक्सोमा पस्दा हुने संक्रमण) रहेको बताइएको छ।
अन्तर्राष्ट्रिय कानुनी प्रावधानअनुसार यो मुद्दा Montreal Convention अन्तर्गत पर्छ, जसले हवाई यात्रामा मृत्यु वा क्षतिको अवस्थामा करिब १ लाख ७५ हजार अमेरिकी डलरसम्मको क्षतिपूर्ति सीमा तोक्छ। कतार एयरवेजले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस