दशैँ अघि नै पुँजी बजार सुधारका लागि गठन गरेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नका लागि अर्थमन्त्रालयले पुँजी बजार सम्बन्ध नियकाहरुलाई निर्देशन दिएको थियो । तर दशैँ बिदा सकिदासमेत पनि अर्थमन्त्रालयले दिएको उक्त निर्देशन कुनै पनि नियामक निकायहरुले कार्यान्वयन गर्न सकेका छैनन् ।
अर्थमन्त्रालयले सुझाब कार्यान्वय गर्नका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । तर यी तीन वटा निकाया मध्ये कुनैले पनि अहिलेसम्म उक्त निर्देशनको कार्यान्वयन गर्न सकेको छैनन् । एकातिर निर्देशनको कार्यान्वयन भएको छैन भने अर्को तर्फ बजार लगातार रुपमा घटीरहेको छ । दशैँ पछिको यो गिरावटलाई लगानीकर्ताले अर्थमन्त्रालयको निर्देशन कार्यान्वयन नहुनुको कारण नै मानेका छन् ।
अर्थमन्त्रालयको निर्देशन कार्यान्वयन नगर्ने निकायका नेतृत्वलाई मन्त्रालयले बर्खास्त गर्नु पर्ने एक लगानीकर्ताले अर्थसंसारसँगको कुराकानीका क्रममा बताए । अहिले नियामकको नेतृत्वमा रहेकाहरुलाई नहटाएसम्म पुँजी बजारमा सुधार आउँन सक्दैन । किनभने उनीहरुले सुधार र विस्तारका लागि काम नै गर्दैनन्,’ ति लगानीकर्ताले भने,‘अर्थमन्त्रीले निर्देशन दिदाँत सिन्को भाँचेका छैनन् ।’ नेतृत्वमा रहेकाहरुले काम नगर्दा लगानीकर्ताको मनोबल बढ्न सकेन जसले गर्दा बजारमा नकारात्मक असर गरेको उनले बताए ।
लगानीकर्ता पिडामा रहेको र पिडालाई कम गर्नका लागि सुझाब कार्यान्वयन गर्नु पर्ने बेला नियामकले अर्थमन्त्रालयको निर्देशन पालना नगरेकाले उनीहरुलाई हटाउनु पर्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस