Like us!
Follow us!
Connect us!
Watch us!

टि–२० विश्वकप छनोट, युएई विरुद्ध नेपालको १ रनको रोमाञ्चक जित

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १९ : ५७ मा प्रकाशित

टि–२० विश्वकप छनोट, युएई विरुद्ध नेपालको १ रनको रोमाञ्चक जित

नेपालले टि–२० विश्वकप छनोट अन्तर्गत सुपर ६ को पहिलो खेलमा सनसनिपूर्ण जित निकालेको छ । नेपालले युएईलाई १ रनले पराजित गरेको हो । 

जितका लागि १४१ रनको लक्ष्य पाएको युएईले निर्धारीत ओभारमा ९ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो । उसका लागि अलिशान शराफुले ५१ रनको अर्धशतक प्रहार गरे पनि तो जितका लागि प्रर्याप्त भएन् । त्यस्तै ध्रुव पराशरले पनि ३२ रनको योगदान दिएका थिए । युएईलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सार्वधिक ३ विकेट लिए । त्यस्तै सोमपाल कामी, गुल्सन झा र सन्दिप लामिछानेले एक एक विकेट लिए । 

त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ सेखले ५१ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २८ रन बनाए । कप्तान रोहित कुमार पौडेलले २० रन बनाए भने गुल्सन झाले १४ र कुशल मल्लले १० रनको योगदान दिए । यो जितसँगै नेपालले सुपर ६ मा दुई अंक जोडेको छ । यो जितसँगै अब नेपालले एक खेल जितेको खण्डमा विश्वकप खेल्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको