केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवास क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीविरुद्ध जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको जनाएको छ।
नेकपा एमाल का अध्यक्षसमेत रहेका ओलीलाई जेनजी प्रदर्शनसँग सम्बन्धित घटनामा अनुसन्धान गर्न पक्राउ गरिएको स्रोतहरूले बताएका छन्।
नयाँ सरकार गठन भएसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सम्बन्धित व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।
उक्त आयोगले चैत २४ गते सरकारलाई बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
भदौ २३ र २४ मा काठमाडौंको बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूमाथि गोली प्रहार भएको घटनामा उनीहरूलाई जिम्मेवार ठहर गरिएको आयोगको निष्कर्ष छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस