Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी टी–२० विश्वकप छनोट : नेपालले कतारको सामना गर्दै

अर्थ संसार

सोमबार, २७ असोज २०८२, ०७ : १५ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप छनोट : नेपालले कतारको सामना गर्दै

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारको सामना गर्दैछ । सो खेल नेपाली समय अनुसार राती ८ः४५ बजे शुरु हुनेछ । 

छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिन खेल्दैछ । समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा पुगेको नेपालले हिजो आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो । नेपालले कतारसँग यसअघि तीन पटक खेलिसकेको छ । जसमध्ये २ खेलमा नेपालले कतारलाई पराजित गरेको थियो भने एक खेलमा कतारले नेपाललाई हराएको थियो ।

यूएईलाई पराजित गरेपश्चात नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने ओमान रहेको छ । ओमान नेट रनरेटका आधारमा पहिलो स्थानमा पुगेको हो । नेपालसँग पराजित यूएई र जापान दुबै २ अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छन् । सुपर सिक्समा शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने २० टिमको टी २० विश्वकपमा स्थान बनाउनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको