Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल कारोबारको अन्तिम सेटलमेन्ट अब राष्ट्र बैंकको प्रणालीबाट हुने

अर्थ संसार

सोमबार, २७ असोज २०८२, १० : २० मा प्रकाशित

डिजिटल कारोबारको अन्तिम सेटलमेन्ट अब राष्ट्र बैंकको प्रणालीबाट हुने

अबदेखि सबै डिजिटल कारोबारको अन्तिम राफसाफ (सेटलमेन्ट) राष्ट्र बैंकको प्रणालीमार्फत् हुने भएको छ । नेपाल राष्ट्र बैंकले 'नेसनल पेमेन्ट स्विच' सम्बन्धी सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै यसमा सरोकारवालाहरूबाट सल्लाह र सुझाव मागेको छ।

प्राप्त सुझावको आधारमा आवश्यक संशोधन गरेपछि मात्र यो व्यवस्था कार्यान्वयनमा ल्याइनेछ। हाल नेपाल पे, फोन पे, एससिटी लगायत आठवटा कम्पनीहरू भुक्तानी सेवा प्रदायकको रूपमा क्रियाशील छन्। देशभर भइरहेका डिजिटल भुक्तानीहरू यिनै कम्पनीहरूको प्रणाली प्रयोग गरेर सम्पन्न हुँदै आएका छन्।

यी प्रणालीमार्फत् हुने कारोबार उनीहरूले तोकिएको वाणिज्य बैंकमार्फत् राफसाफ हुँदै आएको छ। अब पनि कारोबारको लागि ती आठ वटै कम्पनीको प्रणालीको प्रयोग हुनेछ। तर, यस्तो कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणाली रियल टाइम ग्रस सेटलमेन्टबाट हुने भएको हो। रियल टाइम ग्रस सेटलमेन्टमार्फत् अन्तिम राफसाफ हुनुअघि यस्ता कारोबार नेशनल पेमेन्ट स्विच हुँदै राष्ट्र बैंकको प्रणालीमा आउनेछ। हाल नेशनल पेमेन्ट स्विचको सञ्चालन नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले गरिरहेको छ। अहिले २० लाखभन्दा माथिको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली मार्फत् नै हुनुपर्ने व्यवस्था छयो प्रणालीबाट न्यूनतम दुई लाख सम्मको कारोबार पनि गर्न सकिने व्यवस्था छ। २० लाखभन्दा कम रकमको कारोबारको लागि भने अन्य प्रणालीको समेत प्रयोग हुने गरेका छन्।

कारोबारको अन्तिम राफसाफको प्रक्रिया राष्ट्र बैंकको नियन्त्रणमा आएपछि देशभित्र हुने डिजिटल कारोबारको स्पष्ट तथ्यांक संकलन गर्न सजिलो हुने जनाइएको छ। साथै, यो प्रणालीमार्फत् विभिन्न भुक्तानी सेवा प्रदायकहरूका प्रणालीबीच अन्तरआबद्धता कायम हुनेछ। अर्थात् यी जुन सुकै प्रणालीको प्रयोग गरेर जुनसुकै प्रणालीमा भुक्तानी वा कारोबार गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको