नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । गत सिजन उपाधि जिताएका प्रशिक्षक पुबुदु दासानायक अमेरिकाको प्रशिक्षक बने पछि जनकपुरले नयाँ प्रशिक्षकमा वेस्ट इन्डिजका लिजेन्ड शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जनाएका छन् । खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई थप सशक्त बनाउने विश्वास लिएका छन् । एनपिएलको पहिलो संस्करणमा टोलीको मुख्य प्रशिक्षक रहेका दासानायकेलाई क्लबले उनको योगदानको लागि धन्यवाद दिएको छ ।
चन्द्रपाउलले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले २० हजारभन्दा बढी रन जोडेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस