Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्चीमा भेटिएको पँहेलो धातु सुन होइन माइका

बुधबार, २२ मंसिर २०७३, ०६ : ४१ मा प्रकाशित

मेलम्चीमा भेटिएको पँहेलो धातु सुन होइन माइका

अर्थ संसार
काठमाडौं मेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेँलो धातु माइका भएको पत्ता लागेको छ । खानी तथा भूगर्व विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमूनाको वरिपरि चम्किने पदार्थ माइकाका केही टुक्रा मात्र टाँसिएको र भित्रि भाग चट्टान भएको भेटिएको छ ।

विभागका सिनियर जिओलोजिष्ट धर्मराज खड्काले मेलम्चीबाट ल्याएको नमुनाको सुन र तामा हो कि भनेर रासायनिक र भौतिक परीक्षण गर्दा  त्यसमा माइकाबाहेक अरु केही नभेटिएको बताए ।  त्यसमा  सुन र तामाको कुनै गुण नभेटिएको उनले जानकारी दिए ।

सुरुङ खन्दै गर्दा भेटिएको पदार्थ सुन हो भएको आशंकामा विभागको प्रयोगशालामा आइतबार नमूना ल्याइएको थियो । विभागका वैज्ञानिकले आइतबार र सोमबार दुई दिन लगाएर रासायनिक र भौतिक परीक्षण गरेका थिए । नमूना वरिपरि सुन जस्तै चम्किने माइकाका टुक्रा भएकाले सुन हुन सक्ने आशंका गरिएको थियो ।
बिजुलीका तारबाहिर इन्सुलेटर निर्माण गर्न माइकाको प्रयोग गरिन्छ ।

5847641930e7c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको