Like us!
Follow us!
Connect us!
Watch us!

कतार विरुद्ध टस हारेर पहिले ब्याटिङमा नेपाल, ललितको स्थानमा आदिल

अर्थ संसार

सोमबार, २७ असोज २०८२, २० : ३४ मा प्रकाशित

कतार विरुद्ध टस हारेर पहिले ब्याटिङमा नेपाल, ललितको स्थानमा आदिल

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले कतारको विरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । कतारले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । 

यो खेलमा पनि जित निकाल्दै नेपाल छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता दिने योजनामा हुने छ । समूह चरणमा कुवेत र जापानलाई पराजित गर्दै समूह विजेता बनि सुपरसिक्समा पुगेको नेपालले हिजो आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गरेको थियो ।
नेपालले कतारसँग यसअघि तीन पटक खेलिसकेको छ । जसमध्ये २ खेलमा नेपालले कतारलाई पराजित गरेको थियो भने एक खेलमा कतारले नेपाललाई हराएको थियो ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नेपाली टोलिमा ललित राजवंशीको स्थानमा अलराउण्डर आदिल आलमलाई खेलाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको