Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, १० : ४३ मा प्रकाशित

पोखरा र समृद्धि फाइनान्सबीचको मर्जरलाई राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको छ।

असोज २७ गते (सोमबार) केन्द्रीय बैंकले दुवै संस्थालाई पत्र पठाउँदै मर्जरको उद्देश्यका लागि आवश्यक कार्य अगाडि बढाउन सैद्धान्तिक अनुमति दिएको हो। दुवै फाइनान्स कम्पनीबीच गत साउन ४ गते आपसी मर्जर सम्बन्धी समझदारी भएको थियो।

मर्जरपछि कम्पनीको चुक्ता पूँजी, कर्जा प्रवाह, शाखा सञ्जाल, ग्राहक संख्या तथा देशव्यापी गुणस्तरीय सेवा विस्तारमा वृद्धि हुने दुवै कम्पनीको अपेक्षा छ। यसअघि समृद्धि फाइनान्सको २३औं तथा पोखरा फाइनान्सको २७औं वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। प्रारम्भिक सहमतिअनुसार मर्जरका लागि सेयर स्वामित्व अनुपात १:१ कायम गर्ने निर्णय भएको छ। यदि डिडीए प्रतिवेदनमा १० प्रतिशतभन्दा फरक देखिएमा संयुक्त मर्जर समितिमा विस्तृत छलफल गरी नयाँ सेयर स्वाप रेसियो तय गरिने सहमति समेत भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको