भारतीय फिल्म ‘कान्तारा: च्याप्टर १’ ले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। प्रदर्शनको दोस्रो सातामा ‘कान्तारा: च्याप्टर १’ भारतीय सिनेमाको १२ औं हिट फिल्म बन्न सफल भएको छ।
‘कान्तारा: च्याप्टर १’ ले सातामा ३३७.४ करोड भारतीय रुपैयाँ कमाएको थियो भने दोस्रो शुक्रबार फिल्मले २२.२५ करोड रुपैयाँ कमाएको छ। शनिबार ३९ करोड भारू कलेक्सन गर्दा आइतबार ४० करोड रुपैयाँ कमाएको छ। योसँगै हालसम्म फिल्मको कुल कमाई ४३८.६५ करोड रुपैयाँ पुगेको छ।
फिल्ममा ऋषभसहित गुलशन देवैया, जयराम र रकिमिनी वसन्त मुख्य भूमिकामा छन्। यस फिल्मको लेखन तथा निर्देशन पनि ऋषभ शेट्टीले नै गरेका हुन्। यस फिल्मको कथा पाँच हजार वर्षभन्दा पुरानो किंवदन्तीहरूमा आधारित छ। यो फिल्म सन् २०२२ मा रिलिज भएको ‘कान्तारा’ प्रिक्वेल हो। ‘कान्तारा’ ले बक्सअफिसमा ४०० करोड भारू बढीको व्यापार गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस