कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले सपथ ग्रहरण गरेका छन् । मंगलवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम वहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
बैंकको गत शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट संचालकमा निर्वाचित आचार्यलाई सोही दिन वसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।
उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सीना, विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृत लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस