भारतले वेस्ट इन्डिजविरुद्धको दुई टेस्ट खेलको शृंखला क्लिनस्वीप गरेको छ । आज सकिएको खेलमा ७ विकेटको जित निकाल्दै भातरले सिरिज २–० ले जित्दै ह्वाइटवाश गरेको हो ।
यो कप्तानका रुपमा शुभमान गिलको पहिलो शृंखला जित समेत हो । पाँचौं दिनको खेल एक विकेटमा ६३ रनबाट सुरु गरेको भारतले सत्रको सुरुवातमै साई सुधर्शनलाई ३९ रनमा गुमायो । उनलाई वेस्ट इन्डिजका कप्तान रस्टन चेजले आउट गरे । लगत्तै कप्तान गिल पनि धेरै टिक्न सकेनन् । पहिलो पारीमा शतक बनाएका गिललाई पनि चेजले नै आउट गरे । तर, त्यसपछि केएल राहुल र ध्रुव जुरेलले सहज रूपमा लक्ष्य पूरा गर्दै भारतलाई जितसम्म पुर्याए ।
अनुभवी ओपनर राहुलले १०८ बलमा ५८ रनको अविजित पारी खेले। उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो । पहिलो पारीमा भारतले ५ विकेट गुमाएर ५१८ रन बनाएर पारी घोषणा गरेको थियो । जवाफमा वेस्ट इन्डिज २४८ रनमै अलआउट भयो । फलो–ऑनमा फेरि ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले कुल ३९० रन मात्र बनाउन सकेपछि भारतलाई १२१ रनको लक्ष्य पाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस