Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको दशौँ वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, १६ : ३७ मा प्रकाशित

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको दशौँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका शेयरधनीको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले  पाँच करोड रुपैँया बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारणसभाले आ.व. २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स ए.पि. एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको