नेपाली बजारमा फेरि आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन पनि रेकर्ड बनाएको सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सनुको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस