Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको निक्षेप २ अर्बले वृद्धि हुँदा कर्जा प्रवाह भने स्थिर भने,कति पुग्यो सीडी रेसियो ?

अर्थ संसार

बुधबार, २९ असोज २०८२, ११ : ४० मा प्रकाशित

बैंकहरुको निक्षेप २ अर्बले वृद्धि हुँदा कर्जा प्रवाह भने स्थिर भने,कति पुग्यो सीडी रेसियो ?

आइतबार बैंकिङ प्रणालीमा एकैदिन २ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, शनिबारसम्म कुल निक्षेप रकम ७४ खर्ब ४२ अर्ब रुपैयाँ थियो,जुन आइतबार ७४ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको हो। कर्जा प्रवाह भने शनिबारको ५६ खर्ब २१ अर्ब रुपैयाँमै स्थिर रहेको देखिएको छ।

वाणिज्य बैंकहरूमा मात्र हेर्दा, आइतबारसम्म निक्षेप रकम ६६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४९ खर्ब ९८ अर्ब रुपैयाँ कायम रहेको छ। सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) ७४.५९ प्रतिशतमा झरेको छ, जुन अघिल्लो दिन ७४.६२ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने २.७५ प्रतिशतमा कायम छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको