नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ मा पहिलो संशोधन गरेको छ । योसँगै बैंकहरुले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
यो व्यवस्था सम्पूर्ण वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा पूर्वाधार विकास बैंकहरूमा लागू हुने राष्ट्र बैंकले जनाएको छ। संशोधन अनुसार, जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि आवश्यक रकम सो अस्पताललाई सीएसआरमार्फत उपलब्ध गराउन सकिने छ। तर, सो रकम दोहोरो नपर्ने गरी मात्र वितरण गर्न सकिने प्रावधान राखिएको छ।
राष्ट्र बैंकको यो संशोधनले बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वलाई जनउत्तरदायी दिशामा केन्द्रित गर्ने प्रयास गरेको मानिएको छ। यसअघि बैंकहरूले सीएसआरको रकम शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी विपद् राहत र सामुदायिक विकासजस्ता क्षेत्रमा खर्च गर्दै आएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस