Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलामा २ लाख ५० हजार नाघ्यो

अर्थ संसार

विहीबार, ३० असोज २०८२, १० : ४९ मा प्रकाशित

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलामा २ लाख ५० हजार नाघ्यो

नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन पनि रर्डक कायम गरेको सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ५० हजार ९०० पुगेको हो । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ । आज चाँदीको मूल्य तोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको