नेपाल प्रिमियर लिग ‘एनपीएल’ सिजन –२ को लागि सुदूरपश्चिम रोयल्सले इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सको सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात एनपीएल सिजन–२ को लागि सुदूरपश्चिम रोयल्सलाई कम्पनीले बीमा सेवा उपलब्ध गराउन भएको छ । सुदूरपश्चिम रोयल्स एनपीएलको उत्कृष्ट टोली हो । सो टिमका मार्की प्लेयर तथा कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् । हाल उनी नेपाल पुरुष टोलीका उपकप्तान समेत रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस