Like us!
Follow us!
Connect us!
Watch us!

लगातार कीर्तिमान बनाएको सुनको मूल्य एक हप्तामै २० हजारले बढ्यो, चाँदी कतिले बढ्यो ?

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०८२, ०८ : ४१ मा प्रकाशित

लगातार कीर्तिमान बनाएको सुनको मूल्य एक हप्तामै २० हजारले बढ्यो, चाँदी कतिले बढ्यो ?

यो साता नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा कीर्तिमान कायम भएको छ । यो साता सुनको मूल्य प्रतितोला २० हजार ४०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २२५ रुपैयाँ बढेको हो ।

साताको पहिलो कारोबार दिन अर्थात आइतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको हो । यो साताको सोमबार सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ, मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँ, बुधबार २ लाख ४८ हजार ९०० रुपैयाँ र बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँ गर्दै दैनिक नयाँ नयाँ रेकर्ड बनाएको थियो ।

त्यस्तै, गत आइतबार तोलाको ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार ३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याएको भन्सार नीति, विभिन्न देशहरुमा देखिएको युद्धको अवस्था, ब्रिक्स राष्ट्रहरुले बढाएको सुनचाँदीको भण्डारण लगायतका कारणले पछिल्लो समय सुनचाँदीको मूल्य उच्च बढेको विश्लेषणहरुको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको