Like us!
Follow us!
Connect us!
Watch us!

कीर्तिमानी मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, ११ : ०२ मा प्रकाशित

कीर्तिमानी मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलाको ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको