पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । प्रधानमन्त्रीको सपथग्रहण अगाडिसम्म आफूले मोबाइल चलाउन नपाएको उनले बताएका हुन् ।
आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै ओलीले पहिलोपटक यो खुलासा गरेका हुन् । ‘पदबाट राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ । यसलाई तपाईंहरु जेसुकै संज्ञा दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको समथग्रहण अगाडिसम्म मेरो मोबाइल सिज गरिएको थियो,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस