Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप लिग टु : नेपालले आज अमेरिकासँग खेल्दै

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, ०८ : ५५ मा प्रकाशित

विश्वकप लिग टु : नेपालले आज अमेरिकासँग खेल्दै

नेपालले आज आईसीसी विश्वकप लिग टु अन्तर्गत अमेरिकासँग खेल्दै छ । आईसीसी विश्वकप टी २० एशिया तथा इस्ट एशिया प्यासिफिकमा अपराजित रहँदै टी २० विश्वकपमा छनोट भएको नेपाल एक दिवसिय संरचनाका खेलहरुमा सहभागि हुन यूएई पुगेको हो । 

लिग टु को यो श्रृंखला आजदेखि यूएईमा शुरु हुँदैछ । आज नेपालले पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ । नेपालको दोस्रो खेल ३० अक्टोबरमा यूएईसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेल १ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ भने ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ । आजको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरु हुनेछ ।

लिग टु श्रृंखलामा नेपाल १६ खेलबाट १२ अंक जोडेर सातौँ स्थानमा छ । गत असारमा स्कटल्याण्डमा भएको श्रृंखलामा ३ खेल जित्दै नेपाल सातौँ स्थानमा उक्लिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको