Like us!
Follow us!
Connect us!
Watch us!

लिग २ अन्तर्गत अमेरिका विरुद्ध नेपालको लज्जास्पद हार

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, २० : ४१ मा प्रकाशित

लिग २ अन्तर्गत अमेरिका विरुद्ध नेपालको लज्जास्पद हार

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल अमेरिकासँग फराकिलो अन्तरले पराजित भएको छ । आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो । 

अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७ रन बनाए । अमेरिकाका हर्मीत सिंहले ६ विकेट लिए । यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका स्मित पटेलले ७५, मिलिन्द कुमारले नटआउट ७० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले १/१ विकेट लिए ।

आजदेखि शुरू भएको घरेलु टोली यूएई, नेपाल र अमेरिका सम्मिलित शृङ्खला आउँदो बुधवार कात्तिक १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् । आठ वटा टोली सम्मिलित लिग–२ मा नेपाल १७ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २१ खेलमा ३० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । यूएई १६ खेलमा ६ अङ्कसहित पुछारमा छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको