Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले दुई महिनामा प्रशोचन गर्यो ६७ खर्ब ८५ अर्ब तरलता

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, ०९ : ४५ मा प्रकाशित

राष्ट्र बैंकले दुई महिनामा प्रशोचन गर्यो ६७ खर्ब ८५ अर्ब तरलता

चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा नेपाल राष्ट्र बैंकले कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रूपैयाँ तरलता प्रशोचन गरेको छ।

समीक्षा अवधिमा केन्द्रीय बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेकाे छ।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत कुल ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो। तर चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनासम्म (भदौसम्म) नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार(वाणिज्य बैंकहरू) बाटअमेरिकी डलर १ अर्ब ६ करोड खुद खरिद गरी १४९ अर्ब ४२ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १११ अर्ब ९७ लाख रुपैयाँ बराबरको तरलता प्रवाह गरेको थियो।

यस्तै, चालु समीक्षा अवधिमा राष्ट्र बैंकले अमेरिकी डलर ३८ करोड बिक्री गरी ५३ अर्ब २४ करोड रुपैयाँ बराबरको भारतीय रूपैयाँ खरिद गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने अमेरिकी डलर ५६ करोड बिक्री गरी ७५ अर्ब ३९ करोड रुपैयाँ बराबरको भारतीय रूपैयाँ खरिद गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको