मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा ६० रुपैयाँ सस्तो भएको छ । आज सुन तोलाको २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९८० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस