Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको आग्रह: सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्नू

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १२ : ०४ मा प्रकाशित

राष्ट्र बैंकको आग्रह: सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्नू

नेपाल राष्ट्र बैंकले शर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

बैंकका अनुसार, क्रेडिट कार्ड सुविधाजनक र सुरक्षित भुक्तानीको उपकरण हो तर लापरबाही गर्दा उच्च ब्याज र आर्थिक बोझ निम्त्याउन सक्ने केन्द्रीय बैंकले बताएको छ ।

क्रेडिट कार्ड प्रयोग अघि क्रेडिट सीमा, शुल्क, ब्याजदर, बिल तयार हुने मिति र भुक्तानी समयसीमा बुझ्न आवश्यक रहेको बताएको छ । तोकिएको समयभित्र बिल तिरेमा ब्याज लाग्दैन, तर ढिला गर्दा उच्च ब्याज र अतिरिक्त शुल्क लाग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको