Like us!
Follow us!
Connect us!
Watch us!

ओलीसहित तत्कालीन पाँच मन्त्रीको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरुद्ध सर्वोच्चमा रिट दायर

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १३ : ५८ मा प्रकाशित

ओलीसहित तत्कालीन पाँच मन्त्रीको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरुद्ध सर्वोच्चमा रिट दायर

तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा अन्यका पासपोर्ट रोक्का र स्थान हद तोकेको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालय, जेन–जी घटनासम्बन्धी गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग तथा गृहमन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

जाँचबुझ आयोगले ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान आयोगका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालको पासपोर्ट रोक्का गर्नुका साथै काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकेको थियो।

सिलवालले भनेका छन् कि आयोगको निर्णयले व्यक्तिको सम्मानपूर्वक बाँच्ने अधिकार गैरकानुनी रहेको कानुन भन्दै सिलवालले रिटमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान तथा कानुनले दिएको अधिकार साथै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको उल्लेख गरिएको छ । साथै, उक्त निर्णय खारेज गर्न र अबदेखि कसैलाई रोक नलगाउन सर्वोच्च अदालतबाट परमादेश मागिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको