Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनामा २ खर्ब २८ अर्ब बढीको अन्तरबैंक कारोबार

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १४ : ०८ मा प्रकाशित

दुई महिनामा २ खर्ब २८ अर्ब बढीको अन्तरबैंक कारोबार

चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको अन्तर–बैंक कारोबार बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा अन्तर–बैंक कारोबार उल्लेखनीय वृद्धि भएको देखिन्छ। यस अवधिमा वाणिज्य बैंकहरूले १९८ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ३० अर्ब ६५ करोड रुपैयाँ गरी कुल २ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन्।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ३ अर्ब ६० करोड रुपैयाँ गरी कुल १ खर्ब ९३ अर्ब ७० करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका थिए। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको